कोपा अमेरिका फुटबल प्रतियोगिता जुन १४ तारिखबाट ब्राजिलमा

बुधबार, जेष्ठ १५, २०७६



एजेन्सी । विश्व फुटबल जगतमा प्रतिष्ठा बनाउन सफल कोपा अमेरिका फुटबल प्रतियोगिता आगामी जुन १४ तारिखबाट ब्राजिलमा सञ्चानल हुँदैछ । दक्षिण अमेरिकी क्षेत्रको महादेशस्तरीय सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिकाको यो ४६ औं संस्करणको हो ।

प्रतियोगितामा विभिन्न १२ देशका टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ४-४ टोली रहेका छन् । प्रतियोगिताको पहिलो खेलमा आयोजक राष्ट्र ब्राजिलले बोलिभियासँग खेल्दैछ ।

साविक विजेता टोली चिलीको उरुग्वे प्रतिस्पर्धी रहेको छ । सोही समूहमा दक्षिण एसियाली फुटबलको ‘पावर हाउस’ भनिने जापानसमेत रहेको छ । पछिल्ला संस्करणको उपविजेता टोली अर्जेन्टिनाले कोलम्बिया प्रतिस्पर्धी पाएको छ । सो समूहमा पराग्वे पनि छ । अर्को समूहमा प्रतियोगिता आयोजक देश ब्राजिल छ । उसले आफ्नो समूहमा पेरु प्रतिस्पर्धी पाएको छ ।

प्रतियोगितामा सहभागी टिम र समूह 

समूह ‘ए’ : ब्राजिल (आयोजक), पेरु, भेनेज्वेला, बोलिभिया
समूह ‘बी’ : अर्जेन्टिना (साविक उपविजेता), कोलम्बिया, पराग्वे, कतार (आगन्तुक)
समूह ‘सी’ : उरुग्वे, चिली (साविक विजेता), जापान (आगन्तुक), इक्वेडर

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata