थप ३० जनामा कोरोना, संक्रमितको संख्या ४८७

शुक्रबार, जेष्ठ ९, २०७७



काठमाडाैं । नेपालमा शुक्रबार विहान ३० जना कोरोना संक्रमित थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल थप चितवनमा गरिएको परीक्षणमा नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीमा गरी थप ३० जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपामला कुल संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । यस्तै  आजै मात्र नेपालगन्जबाट थप २१ जनाले कोरोना जितेसँगै कोरोनाबाट मुक्त हुनेको संख्या ७० पुगेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments