कन्ट्राडिक्टरी लभ !

मङ्लबार, चैत्र ५, २०७५

- मोहित जोशी



हामीले त्यो बेला एकअर्कालाई प्रेम गर्यौ,
जब उ कुनै ताल्चाको चाबी थिइ,
म पासवर्ड सहितको ‘लक’ थिए।
दुइफरक धार, दुइफरक कपका फुटेका टुक्राहरु
जो जोडिनै सकिँदैन, या जोडिनै हुदैन?
जोड्दा पिध मै प्वाल रहनसक्छ।

औंसीको रातमा आकाशले चन्द्रमा खोजेजस्तै
म आफुमा चाबीको प्रयोग खोजीरहन्छु,
जिन्दगी औंसीकै रातमा अड्किएको छ ।
प्रविधीले ल्याएको हामी बिचको दुरी,
प्रकृति जस्तै प्रविधी, मलाई पनि मनपर्न छोडीसक्यो ।
एक सम्पन्न परिवारले मागेको दाइजो कै कारण गरिब प्रेमिकासङ्ग बिहे रोकिए जस्तै,
आफू एक सामान्य ताल्चा नहुनु, चाबीले खुल्न नियतीले नै रोकिदिनु,
उ बाट, उसङ्ग खुल्न नसक्नु, खुल्दो हु त सायद,
म रुखका पातहरु बिचको प्वाल हुँदा , उ रात हुनसक्थी
अन्धकार मै म पूरा हुन्थे!

एकदिन,
हामी जिन्दगी बिर्सियौ, नियती बिर्सियौ, अस्तित्व बिर्सियौ!
उ बिर्सिइ ममा चाबीले खोल्ने प्वाल छैन,
म बिर्सिए म पास्वोर्डले मात्रै खुल्छु,
धेरै कुरा बिर्सिएर, नसम्झेका दृश्यहरु सम्झिन थाल्यौ,
आफु चाबी हु नै बिर्सेर उ आइदिइ आफुलाई एक बलियो क्रोबार सम्झेर,
पासङ्ग, अनुराधा, र सबै आमा जस्तै बलियो,
समाजकै विभेदको प्रखालमा आड लिएर,
प्रेमको बलले अलिक आफू बाङ्गिएरै, सङ्गै टुटाइ मेरो लक,
म खुले, लाग्यो औंसी पुर्णिमा पनि आउन सक्दो रहेछ जिन्दगीमा, प्रेममा
तरिका जो चाबी हराउदा प्रयोग हुन्छ सबै ताल्चाहरु तोड्न,
जसपछी न त चाबीहरु नै अनि काममा आउछन, न त ताल्चाहरु,
अब फेरि कहिल्यै प्रयोगमा आउदैनौ
थाह छ र पनि खुसी नै छै हामी,
सोच्दै टुटेको फुटेको हामी हौ कि समाजका प्रखाल?
हामीले के गर्यौ? प्रेम, आफ्नै सङ्घार वा क्रान्ती?

प्रेममा हामी पुर्ण भयौ कि निकम्मा??

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata