मलेसियामा कामदार लैजानेबारे सहमति

बिहिबार, भदौ २६, २०७६



काठमाडौं । लामो समय पछी मलेसिया रोजगारीमा जाने युवाहरुका लागि बाटो खुलेको छ । नेपाल र मलेसियाबीच तीनदेखी जारी बैठकले नयाँ कामदार लैजाने बारे सहमति गरेका छन ।

विहिबार मलेसिया र नेपाल सरकारबीच कामदार लैजाने विषयमा सहमति भएको श्रममन्त्री गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिए।
नयाँ कामदार मलेसिया लाने तयारी बुझ्न एक विशेष टोली नोभेम्बरको पहिलो साता काठमाडौं आउने छ।

टोलीले स्वास्थ्य परीक्षणका लागि स्वीकृत भएका २२ संस्थानको अनुगमन गरेपछि मात्र बायोम्याटिक सफ्टवेयर जडान हुनेछ। त्यसपछि नयाँ कामदार मलेसिया जाने प्रक्रिया शुरु हुनेछ।

कामदारहरु अब शून्य लागतमा मलेसिया जान पाउनेछन् । कामदार जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नेछ भने मेडिकलमा भएको खर्च पनि पहिलो महिनाको तलब दिने समयमा रिफन्ड गर्ने समझदारी दुई दशेबीच भएको छ ।  १५ महिनादेखि  नेपाली युवाहरु मलेसिया जान बन्द गरिएकाे थियाे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata