कम्युनिष्ट र कांग्रेस शिर्ष नेतृत्वबीच सत्य निरुपण आयोगमा सहमति

शुक्रबार, माघ ३, २०७६



काठमाडौं ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका शीर्ष नेतृत्वबीचको बैठक सम्पन्न भएको छ । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई पार्टीका शीर्ष नेतृत्वहरुबीच भएको बैठकमा सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी कानुनलाई छलफल गरेर अगाडि बढाउने सहमति भएको छ।

बैठकमा कम्युनिस्ट पार्टीका तर्फबाट पार्टी अध्यक्षद्वय केपी शर्मा ओली , पुष्पकमल दाहालका साथै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेता खिमलाल देवकोटा रहेका थिए भने काँग्रेसका तर्फबाट पार्टी सभापति शेरबहादुर देउवा, मिनेन्द्र रिजाल र नेता रमेश लेखकको सहभागी रहेको थियो । सात वटै प्रदेशमा सरोकारवालासँग छलफल गरेर आएको प्रतिवेदन प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति देउवालाई बुझाइएको छ ।

प्राप्त सुझावलाई कानुन मन्त्रालयले विधेयक मस्यौदा गर्ने बारे सहमति भएको बैठकमा सहभागी नेताले जनाएका छन् । ‘कानुन मन्त्रालयले मस्यौदा गरेपछि सो मस्यौदा विधेयकका रूपमा संसद्मा पेस गरेर ऐन बनाउनेमा सहमति जुटेको जनाइएको छ । साथै सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सिफारिस गरेका ६१ जना व्यक्तिहरूबाट छिट्टै अध्यक्ष नियुक्त गरिने भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments