कांग्रेस नेताहरु संविधान संशोधन प्रस्तावको विपक्षमा

सोमवार, मंसिर १३, २०७३



काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेस नेताहरु सरकारले तयार गरेको संविधान संशोधन विपक्षमा उभिएका छन् । संविधानको विपक्षमा बहुमत देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कांग्रेसका सभापति शेरबहादुर देउवाको सहमतिमा तयार गरेको प्रस्ताव कांग्रेस नताहरुले अस्वीकार गरेका छन् । सीमांकनमा विषयमा ५ नम्बर प्रदेश टुक्राउनेमा अधिकांश नेताहरुको विमति देखिएको  छ ।

सोमबार सिंहदरबारस्थित बसेको कांग्रेस पदाधिकारी तथा वरिष्ठ नेताहरुको बैठकमा नेताहरुले सीमांकनमा सहमति जाहेर गरेका हुन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सरकारले नवलपरासीदेखि बर्दियासम्मको तल्लो भू–भागलाई ५ नम्बर प्रदेशमा राख्ने प्रस्ताव गरेको जानकारी गराएका थिए ।

नेता डा. रामशरण महतले भने पार्टीका बहुसंख्यक नेताहरु ५ नम्बर प्रदेश टुक्र्याउन नहुने पक्षमा रहेको जानकारी दिए । अधिकांश नेताहरुले विमति जनाएपछि मधेसी मोर्चासँग थप छलफल गरेरमात्रै संविधान संशोधन प्रस्तावमा निर्णय गर्ने सहमति भएको नेता रामशरण महतले बैठकपछि जानकारी दिए । बैठकले सरकारले तयार पारेको संविधान संशोधन प्रस्तावमाथि अरु दलहरुसँग पनि थप छलफल गर्ने निर्णय गरेको छ ।

सरकारले सीमांकनसम्बन्धी अरु विवाद मिलाउन अधिकार सम्पन्न आयोग गठन गर्ने, नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई पहिलेको नागरिकता परित्यागको प्रक्रिया सुरु गरेपछि वैवाहिक अंगीकृत नागरिकता दिने गरी प्रस्ताव तयार गरेको छ । राष्ट्रिय सभामामा प्रत्येक प्रदेशबाट तीनदेखि पाँचजनासम्म प्रतिनिधित्व गराउने र बाँकी सिटमा जनसंख्याका आधारमा प्रतिनिधित्व गराउने व्यवस्थासमेत सरकारले तयार पारेको संशोधन प्रस्तावमा उल्लेख छ । भाषा आयोगले दिएको प्रतिवेदनलाई आधार मानेर भाषा सम्बन्धी विवादको टुंगो लगाउने प्रस्ताव सरकारले ल्याएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments