गुटभन्दा माथि उठे कांग्रेसका युवा नेता

मङ्लबार, पुस २५, २०७४



काठमाडौँ ।  प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले पराजय बेहोरेपछि कांग्रेसका युवा नेताहरु गम्भीर बहसमा लागेका छन् । गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा, बद्री पाण्डेलगायतका युवा नेताहरुले गुटभन्द माथि उठेर बहस चलाइरहेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले गुटगत भेला गरिरहेका बेला युवा नेताहरुले भने गुटभन्दा माथि रहेको सन्देश दिन खोजिरहेका छन् । उनीहरु आन्तरिक र बौद्धिक तप्कासँग निरन्तर छलफलमा छन् । अलग–अलग गुटमा रहे पनि उनीहरूले एकतावद्ध भएर पार्टी सुधारको बहस चलाएका हुन् ।

बैठक बोलाउन माग

युवा नेताहरुको पार्टी पराजयको समिक्षा गर्न र भावी रणनीति तय गर्न केन्द्रीय कार्यसमिति र महासमितिको बैठक बोलाउन माग गरेका छन् । महासमिति बैठकलाई महाधिवेशनपछिको शक्तिशाली मानिन्छ । ‘सरकारमा हुँदा पार्टीले राम्रो काम गर्न सकेन । गरेका कामको पनि प्रचारप्रसारमा पार्टी चुक्यो’ घिमिरेले भने ‘सोही कारण पार्टीले पराजय भोग्नुप¥यो ।’

नेतृत्वले जनतासँग सम्पर्क नगरेको, विपक्षीको भ्रम चिर्न नसकेको जस्ता कारणले कांग्रेस कमजोर भएको उनीहरूको बुझाइ छ । जनतालाई आशा जगाउन पनि युवा पुस्ता अगाडि आउनुपर्ने निचोड उनीहरुको छ ।

पौडेल पक्षको सक्रियता

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रदेखि जिल्ला तहसम्म गुटगत समिक्षा गरेको छ । निर्वाचनपछि प्रायः दिनहुँजसो छलफल भइरहेको एक नेताले बताए । सोमबार मात्रै पौडेल पक्षका १४ जना दोस्रो तहका नेताले भेला गरेका थिए । जहाँ पौडेल पनि सहभागी थिए ।

219 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank