डा.केसीका माग सम्बाेधन गर्नुपर्ने माग गर्दै, कांग्रेसद्वारा व्यवस्थापिका संसद अवरोध

शुक्रबार, असार २२, २०७५



काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक आधा घण्टाको लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको आजको बैठक अबरुद्ध गरेको छ । बैठकको शुरुमै कांग्रेसका सांसदहरुले अनसरत डा. गोविन्द केसीको उपचार र जीवन रक्षा सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा छलफलमा ल्याउन माग गर्दै बैठक अवरुद्ध गरेका हुन् ।

बैठकमा सभामुखसंँग समय लिएर बोल्दै नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले डा.केसीको जीवनरक्षा सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसदमा दर्ता भएर पनि छलफलमा नल्याइएको भन्दै प्रस्तावलाई छलफलमा नल्याइएसम्म बैठक चल्न नदिने जानकारी गराएका थिए ।
अनसनरत डा. केसीको सम्बन्धमा नेपाली कांग्रेसले आजै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको थियो । मुख्य सचेतक खाँडले जरुरी सार्वजनिक महत्वको प्रस्तावका सम्बन्धमा कुरा उठाए पछि कांग्रेसका सबै सांसदहरुले आ–आफनो स्थानबाट उठेर विरोध जनाएका थिए ।
सभामुख कृष्णबहादुर महराले दर्ता गराइएको प्रस्तावका सम्बन्धमा सरकारले जवाफ दिने भन्दै बैठकलाई सुचारु गर्न नेपाली कांग्रेसका सांसदहरुलाई पटक पटक आग्रह गर्दा पनि उनीहरु आ–आफ्नो सिटबाट उठि नै रहेपछि अबरोधका वीच बैठक चलाउन नसकिने भन्दै बैठक आधा घण्टाको लागि स्थगित गरिएको हो ।

122 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank