कांग्रेसले सरकारले तोकेका निषेधित क्षेत्रको उल्लघन गर्ने
बुधबार, असार २०, २०७५
- भूपेन्द्र शाह

काठमाडाै । प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले सरकारले तोकका निषेधित क्षेत्रको उल्लघन गर्ने भएको छ । कांग्रेस संसदीयदलको कार्यालय सिंहदरवारमा बुधबार बसेकाे बैठकले सरकारले तोकेका निषेधीत क्षेत्रको उल्लघन गर्ने निर्णय गरेका हो ।
साथै कांग्रेस संसदीय दलको बैठकले मूल्य बृद्धिको विरोध गर्ने, चिकित्सा शिक्षामा विभिन्न विषयमा माग गर्दै १५ औं पटक अनशनरत डा. गोविन्द केसीको र गोरखा गंगामाया अधिकारीको आन्दोलनलाई समर्थन गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।
बैठकले डा. गोविन्द केसीको अवस्था बुझ्न सांसदहरु स्नेही, प्रकाश रसाइली ,रंगमति शाही र दिनवन्धु श्रेष्ठलाई जुम्ला पठाउने निर्णय गरेको संसदीय दलका सचेतक बालकृष्ण खाँडले जानकारी दिए । त्यस्तै अाज दिउसाे ३ बजे सांसदहरु अमरेशकुमार सिंह ,पार्वता डिसी चौधरी र वेद तिमल्सिनालाई वीर अस्पतालमा छाेराकाे हत्यारालार्इ कार्वाहीकाे माग गर्दै अनशनरत गंगामाया अधिकारीकाे अवस्था बुझ्न पठाउने निर्णय गरेकाे छ ।
कांग्रेसले चिकित्सा शिक्षा सम्बन्धी बिधेयकमा तोडमोड गरेको आरोप लगाउँदै संघीय सदन र सडकबाट आन्दोलन गर्ने चेतावनी दिएको छ । सरकारले निषेध आज्ञा तत्काल फिर्ता लिन माग गरेको छ ।
201 पटक पढिएकोप्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments