श्वेतपत्रबारे कांग्रेसको आपत्ति, अर्थमन्त्रीको नियतमाथि प्रश्न

मङ्लबार, चैत्र २०, २०७४



काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले जारी गरेको श्वेतपत्रप्रति कांग्रेसले आपत्ति जनाएको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसद मिनेन्द्र रिजालले अरुलाई दोष थोपार्न श्वेतपत्र केन्द्रित भएको आरोप लगाए । उनले अर्थतन्त्र रित्तो अवस्थामा नभएको समेत दावी गरे ।

खर्च कम भएको अवस्थाका कसरी ढुकुटी रित्तो हुन्छ भन्दै रिजालले प्रश्न गरे । गरिवी निवारणमा ठूलो उपलब्धि भयो तर आर्थिक समानता काम गर्न नसकिएको उनले बताए । नियतवस श्वेतपत्र जारी नगरेको भनेर आशंका गर्ने ठाउँ कतै नभेटिएको उनले बताए ।

वैदेशिक लगानीको वातावरण बन्दै गएको रिजालले दावी गरे । अहिलेपनि ऋणको भार ठूलो नभएको उनले जिकिर गरे । कांग्रेसलाई दोष लगाउने र जिम्मेवारीबाट उम्कने प्रयास नगर्न उनले चेतावनी समेत दिए ।

249 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank