काँग्रेस नेता श्रेष्ठलाई मातृशोक

शुक्रबार, पुस २८, २०७४



काठमाडाैं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा निवर्तमान मुख्य सचेतक चीनकाजी श्रेष्ठकी आमा दालचिनीको आज ८५ वर्षका उमेरमा ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मष्तिकाघातबाट निधन भएको छ ।

शनिबार बिहान उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै उनको  आत्माको चीरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेकाे छ ।

322 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank