काँग्रेसले नेपाली अर्थतन्त्रलाई बिगारेको होइनः नेता सिंह

शुक्रबार, चैत्र २३, २०७४



काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिँहले नेपाली काँग्रेसले देशको अर्थतन्त्र नबिगारेको तर्क दिएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता सिँहले काँग्रेसले आफ्नो सोच र काम गर्ने शैलीमा परिवर्तन ल्याए आगामी चुनावमा नेतृत्वमा आउनसक्ने बताए ।

उनले संविधान निर्माणदेखि त्यसको कार्यान्वयनका लागि काँग्रेस नेतृत्वको सरकारले तीन तहको चुनाव सफल बनाएको बताए । सो अवसरमा नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले आठवटा संस्थाबाट शुरु गरेको युनियनमा अहिले ४५ संस्था संलग्न रहेको जानकारी दिए ।

महाधिवेशनमा संस्थाका अध्यक्ष गणेशबहादुर केसीले सत्ताधारी दलले ट्रेड युनियनलाई नियन्त्रणमा राख्न खोजेको आरोप लगाए ।

267 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank