भाषण गरिरहेका कांग्रेस नेता पटेलले खाए मञ्चमै थप्पड( हेर्नुहोस् भिडियोमा !)

शुक्रबार, बैशाख ६, २०७६



गुजरात । गुजरातको सुरेन्ददरनगर जिल्लामा आयोजित ‘जन आक्रोश सभा’को मञ्चमा उभिएर एक नेता भाषण गर्दै थिए । आफू अगाडीको जनतालाई हेर्दै उनी भाषण गरिरहेका हुन्छन् । अकस्मात एक व्यक्ति चिच्चाउदै दायाँ तर्फबाट मञ्चमा उक्लिछन् । र, उक्त नेताको गालामा हत्केला उचालेर एक थप्पड लगाईदिन्छन् । त्यसपछि उक्त नेताका समर्थक र थप्पड हान्ने समुह बीच झगडा हुन्छ ।

हो, कांग्रेस आईका नेता हार्दिक पटेल उक्त मञ्चमा उभिएर भाषण गर्दै थिए । एक व्यक्ति दायाँ तर्फबाट मञ्चमा उक्लिएर उनलाई अनायास थप्पड हानेको भिडियो फुटेज टेलिभिजनहरुले देखाएका छन् ।

पटिदार आन्दोलनबाट उदाएका दलित नेता पटेल पछिल्लो समयमा कांग्रेस आईमा प्रवेश गरेका थिए । कांग्रेसको चुनावी अभियानमा सेलिब्रेटी बनिरहेका पटेलले कृषक र बेरोजगारीको मुद्दा उठाउने गरेका छन् । कानूनी अवरोधका कारण उनी कांग्रेसबाट चुनाव लड्न भने पाएनन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank