कांग्रेसका नेता तथा पूर्व मन्त्री शाक्यको निधन

शनिबार, बैशाख २३, २०७४



काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता तथा पूर्व मन्त्री मार्शल जुलुम शाक्यको निधन भएको छ। ग्राण्डी अस्पतालमा उपचारका क्रममा शाक्यको बिहान ९ बजे ७६ वर्षको उमेरमा मृत्यु भएको हो।

निमोनियाका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ। पूर्व मन्त्री समेत रहेका शाक्यलाई गत फागुन २० मा मस्तिष्कघात भएलगतै नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । शाक्यको स्वास्थ्यमा सुधार नभएपछि उनलाई चैत ४ देखि ग्रान्डीमा उपचारर्थ भर्ना गरिएको थियो ।

शाक्य खाना सर्किएर हुने निमोनियाबाट पीडित भई आठ दिनअघि अस्पताल भर्ना भएका थिए। उनलाई आइसीयुमा राखेर उपचार गरिँदै थियो। सन् १९४० मा काठमाडौंमा जन्मिएका शाक्य लामो समय प्रजातान्त्रिक आन्दोलनमा होमिएका थिए। उनी २०३६ साल २०४६ सालको आन्दोलनममा सक्रिय थिए। २०४६ पछि अन्तरिम सरकारका मन्त्री बनेका थिए। उनको पार्थीव शरीरलाई नेपाली कांग्रेस पार्टी कार्यालय सानेपा लगिने र आजै टेकु आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जानकारी दिएको छ।

372 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank