कांग्रेस नेता खड्काको निधन

शुक्रबार, चैत्र १६, २०७४



काठमाडौं । नेपाली कांग्रेस नेता खुमबहादुर खड्काको निधन भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा साँझ ५ बजेर १५ मिनेटमा निधन भएको हो ।

फागुन ४ गते राति ह्रदयघात भएपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना भएका खड्कालाई फागुन ६ गते थप उपचारका लागि एपोलो लगिएको थियो । सुरुमा अवस्था सामान्य रहे पनि विस्तारै छाती र टाउकोमा समस्या देखिएको थियो भने मृगौलाले काम गर्न छाडेको थियो ।

उनी छाती र नसाको समस्याबाट पनि पीडित थिए । मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता उनलार्इ नयाँ दिल्ली लगिएको थियो

114 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank