कांग्रेस जागरण अभियान आजबाट, शीर्ष नेताले सम्बोधन गर्ने

मङ्लबार, भदौ २४, २०७६



काठमाडौं । नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आज(मंगलबार)देखि शुरु हुँदैछ। प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रीत जागरण अभियान देशभरका ३३० वटै निर्वाचन क्षेत्रमा आज एकैपटक शुरु हुने कांग्रेसले जनाएको छ।

कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको १०६औँ जन्मजयन्तीको अवसर पारेर आयोजना हुन लागेको जागरण अभियानको पहिलो दिन आज १०६ वटा बिरुवा रोपेर अभियानको सुरुवात गरिने प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

जागरण अभियानका लागि कांग्रेसले सातवटै प्रदेशमा प्रतिनिधिहरू खटाइसकेको छ। पार्टीका शीर्ष नेताहरुले पनि सम्बोधन गर्ने कार्यक्रम छ।

सभापति शेरबहादुर देउवाले सुनसरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले कास्कीमा आयोजित सभालाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ।

त्यस्तै उपसभापति विमलेन्द्र निधिले धनुषामा सम्बोधन गर्नेछन् भने अर्का उपसभापति विजयकुमार गच्छदार पनि सुनसरीमा आयोजित सभालाई सम्बोधन गर्न जनाइएको छ।

महामन्त्री डा. शशांक कोइराला मकवानपुर, अर्का महामन्त्री पूर्णबहादुर खड्का भक्तपुर, कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री डा. प्रकाशशरण महतले काठमाडौंमा सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata