विनोद चौधरीको संयोजकत्वमा काँग्रेसले गठन गर्‍यो उद्यमीहरूको विशेष समिति

शुक्रबार, जेष्ठ २, २०७७



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उद्योगपति एवम् नेपाली काँग्रेसका सांसद विनोद चौधरीको संयोजकत्वमा उद्यमी विशेष समिति गठन गरेको छ ।

पार्टी सभापति शेर बहादुर देउवाले लगानी पूर्वाधार एवम् रोजगार दृष्टिकोण र दिगो परियोजना विशेष समिति गठन गरेका हुन । समितिको संयोजकमा उद्योगी एवम् सांसद विनोद चौधरीको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेको काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए । प्रवक्ता शर्माका अनुसार, जिम्मेवार प्रतिपक्षसँग प्रश्न मात्रै होइन देशका लागि रचनात्मक योगदानको कर्तव्य पनि भएको बताएका छन् ।

लगानी,पूर्वाधार र रोजगारको क्षेत्रमा तत्कालीन रूपमा सुझाव एवं दीर्घकालीन रूपमा दूरगामी कार्य योजना साथ कार्य गर्न सम्बन्धित क्षेत्रका पार्टी निकट उद्यमीहरूको एक विशेष समिति गठन गरेको प्रवक्ता शर्माले जनाएका छन् ।

कांग्रेसद्वारा गठित लगानी, पूर्रवाधार र राेजगार दृष्टिकाेण एवं दिगाे परियाेजना केन्द्रित बिशेष समिति यस्ताे छ

congress

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments