‘कांग्रेसले गर्यो दुई गाँउपालिकामा बुथ कब्जा’

आइतवार, बैशाख ३१, २०७४



दोलखा । स्थानीय तहको निर्वाचनमा दोलखाको तामाकोसी गाँउपालिका र बैतेश्वर गाँउपालिकामा कांग्रेस र माओवादी केन्द्रले बुथ कब्जा गरी एकलौटी मतदान गरेको एमाले दोेलखाले आरोप लगाएको छ । बैतेश्वर गाँउपालिका–१ को बिष्णु प्रावि गैरीमुदी र वडा नम्बर २ को जनज्योती मावि गैरीमुदीमा कांग्रेस र माओवादीले बुथ कब्जा गरी एमालेका उम्मेदवार, प्रतिनिधि र कार्यकर्तालाई लखेटेर एकलौटी मत हालेको एमाले दोलखाका प्रचार विभाग प्रमुख धमेन्द्र मोक्तानले बताए ।

बुथ कब्जा हुदा पनि सुरक्षाकर्मी मूक दर्शक बनेको मोक्तानको आरोप छ । मतदान शुरु हुन अघिनै कांग्रेस माओवादी केन्द्रका कार्यकर्ताले एक दर्जन एमाले कार्यकर्तालाई कुटपिट गरी घाईते बनाएको पनि उनले बताए । त्यसैगरी तामाकोसी गाँउपालिकाको वडा नम्बर २ अम्बर मावि झुले मतदान केन्द्र, वडा नम्बर ३ कालापानी जफे केन्द्र र वडा नम्बर ३ जामुने हेल्थपोष्ट केन्द्र जफेमा पनि कांग्रेस र माओवादी केन्द्रले बुथ कब्जा गरेको एमाले दोलखाले आरोप लगाएको छ ।हिमाल खबरमामा खबर छ ।

तामाकोसी गाँउपालिकाका प्रमुखको उम्मेदवार इश्वरचन्द्र पोखरेललाई समेत मतदान स्थलमा बस्न नदिएको एमालेको भनाई छ । सुरक्षाकर्मीले मतदान स्थलको सुरक्षा गरी शान्तिपूर्ण ढङ्गले मतदान गर्ने बाताबरण बनाउनु पर्नेमा एमालेका उम्मेदवार र प्रतिनिधिलाई आफ्नो सवारी साधानमा राखि मतदान स्थलबाट टाढा लगेको आरोप एमालेले लगाएको छ ।

एमाले दोलखाले तामाकोसी र बैतेश्वर गाँउपालिकाको पाँच ठाँउमा बुथ कब्जा भएको आरोप सहित पुनः मतदानको लागि मुख्य निर्वाचन कार्यालयमा उजुरी दर्ता गरेको छ । दोलखाको विगु, कालिञ्चोक, गौरीशङ्कर र मेलुङ गाँउपालिकाको केहि वडाहरुमा केहि समय तनाव भएपनि अहिले शान्तिपूर्ण ढङ्गले मतदान भै रहेको स्थानीयले बताएका छन् ।

6012 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank