चितवनमा प्रचण्डपुत्रीलाई जिताउन माओवादीले कांग्रेसलाई छोड्यो काठमाडौं र पोखरा

बिहिबार, बैशाख २१, २०७४



काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी (केन्द्र)ले काठमाडौं, पोखरा र भरतपुर महानगरपालिकाको मेयरपदकालागि तालमेल गरेका छन् । भरतपुर महानगरपालिकाको मेयर पदको उम्मेदवार प्रचण्डपुत्री रेणु दाहाल भएपछि भरतपुर माओवादीलाई छोड्दै काठमाडौं र पोखरामा कांग्रेसको उम्मेदवारलाई माओवादी केन्द्रले सघाउने भएको छ ।

काठमाडौंमा माओवादी सर्वोत्तममान डंगोलको उम्मेदवारी दर्ता गरेको छ । त्यस्तै कांग्रेसले राजुराज जोशीलाई उम्मेदवार बनाएको छ । अब कांग्रेस माओवादीबीच चुनावी तालमेलमा भएको सहमति अनुसार अव कांग्रेसका राजुराज जोशी माओवादी कांग्रेसका संयुक्त उम्मेदवार बन्ने छन् ।

चितवनको भरतपुर महानगरपालिकामा माओवादीले प्रचण्ड पुत्री रेणु दाहाललाई उम्मेदवार बनाएको छ । कांग्रेसका तर्फबाट दिनेश कोइरालाले मेयरको उम्मेदवारीमा बाजी मारेका थिए । अब प्रचण्ड पुत्री रेणु दाहाल कांग्रेस माओवादीकी संयुक्त उम्मेदवार बन्नेछिन् ।

पोखरा लेखनाथमा कांग्रेसबाट रामजी कुँवर, माओवादी केन्द्रबाट विश्वप्रकाश लामिछाने उम्मेदवार दर्ता गरेका थिए । कांग्रेस–माओवादी सहमति अनुसार पोखरामा कांग्रेसका उम्मेदवार रामजी कुवर उम्मेदवार हुने छन् ।

1013 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank