वाम गठबन्धनमाथि कांग्रेसको जवाफी हमला , लोकतान्त्रिक गठबन्धन बनाउने निर्णय

बुधबार, अशोज १८, २०७४



काठमाडौं । नेपाली कांग्रेसले एमाले माओवादी केन्द्र र नयाँं शक्ति पार्टीबिचको गठबन्धनलाई जवाफी हमला गरेको छ । उसले सो गठबन्धनविरुद्ध लोकतान्त्रिक गठबन्धन बनाउने निर्णय गरेको छ। यद्यपी आवेशमा आएर गरेको यो निर्णय कार्यन्वयन कति हुन्छ भन्ने प्रश्न पनि उठेको छ ।

सोमबारसम्म लोकतान्त्रिक गठबन्धनको ल सम्म उच्चारण नगरेको कांग्रेसको यो निर्णयलाई वामगठबन्धन बिरुद्धको हवाई फायरका रुपमा हेरिएको छ । बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले लोकतान्त्रिक गठबन्धनका लागि अन्य दलहरुसँग छलफल गर्ने निश्कर्ष निकालेको हो ।

मंगलबार मात्रै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच बृहत वाम गठबन्धन बनाउने सहमति भएको थियो । त्यस्तै कांग्रेस बैठकले वाम शक्तिबीचको एकताले संविधान कार्यान्वयनमा असर र्पुयाउने ठहर पनि गरेको छ । कांग्रेसकै नेतृत्वमा निर्वाचन गर्नका लागि माओवादी बाहेकका दलहरुलाई सरकारमा सहभागी गराउन पहल गर्ने निर्णय पनि कांग्रेस कार्यसम्पादन समितिले गरेको छ

476 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank