कांग्रेसभित्रको घातले चुनावमा पछि परेको भन्दै सभापतिले दिए राजीनमा

शुक्रबार, जेष्ठ ५, २०७४

loading...


पोखरा । नेपाली कांग्रेसले पराजय भोग्दै गएपछि कांग्रेसका पोखरा–लेखनाथ महानगर सभापतिले राजीनामा दिएका छन् । निर्वाचनमा निराशाजनक परिणाम आएको भन्दै कांग्रेसका पोखरा–लेखनाथ महानगर सभापति बजिरमान श्रेष्ठले शुक्रबार राजीनामा दिएका हुन् ।

निर्वाचनमा कांग्रेस कास्कीको परिणाम दुखद् रहेको भन्दै त्यसमा आफ्नो पनि जिम्मेवारी रहेको भन्दै नगर सभापतिबाट राजीनामा दिएको उनले विज्ञप्ती निकालेर बताएका छन् । ‘कास्कीका केही वडामा बाहेक कांग्रेस सबैतिर बलियो हुदाँहुँदै पनि पछाडि पर्नुमा नेतृत्वको कमजोरी रहेको उनले बताए ।

कांग्रेसको नेतृत्वमा बस्नेले सही नेतृत्व गर्न नसक्दा कास्कीमा पछाडि परेको छ । कांग्रेसले कांग्रेसलाई घात गरेको पनि उनले दावी गरेका छन् ।

निराशाजनक परिणामप्रति कांग्रेसको तर्फबाट केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, सांसद, जिल्ला कार्यसमिति तथा क्षेत्रीय कार्यसमितिका सभापति, पदाधिकारी, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरु जिम्मेवारी र संवेदनशील हुन नसकेको उनको आरोप छ ।

1258 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

bajaj dashain offer
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv