कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार सम्मका लागि स्थगित

बुधबार, असार १७, २०७७



काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस केन्द्रीत कार्य समितिको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ ।  नेपाली कांग्रेस पार्टीका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक आइतबारसम्मका लागि स्थगित गरिएको हो ।

 छन्त्यालको निधनलाई कांग्रेसले लिएर देशभरका पार्टी कार्यालयका झण्डा आधा झुकाउने जनाएको छ ।मंगलबारबाट सुरु भएको बैठकमा महाधिवेशन कार्यतालिका, नागरिकता विधेयक लगायतका विषयमा छलफल भइरहेको छ ।

कांग्रेसद्वारा जारी शाेक प्रस्ताव जस्ताकाे त्यस्तै

CWC Meeting 2077.03.17 Deth of Gyan Kumari Chhantyal

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments