कांग्रेस पदाधिकारी बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ?

आइतवार, असार १४, २०७७



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज  बस्ने भएको छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टी उपसभापति विमलेन्द्र निधिले जानकारी दिए ।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुनेछ ।

कोभिड-१९ सङ्क्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments