बाबुरामको गृहनगरमा कांग्रेसका इन्जिनियर दीपकबाबु विजयी
शुक्रबार, जेष्ठ ५, २०७४

गोरखा पालुङटार नगरपालिकाको मेयरमा इन्जिनियर दीपकबाबु कँडेल विजयी भएका छन् । ‘मेयरमा पहिलो इन्जिनियर’ शिर्षकमा आजको कारोबारमा यो खबर छ ।नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको गृहनगरसमेत रहेको पालुङटारको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार कँडेल विजयी भएका हुन् ।
उनले ४ हजार ६९८ मत प्राप्त गरे । उनका प्रतिस्पर्धि माओवादी केन्द्रका गुणराज देवकोटाले ४ हजार ४९१ मत ल्याए । नयाँ शक्तिका मेयर उम्मेदवारले ३ हजार ९८० मत ल्याए ।
431 पटक पढिएको
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments