स्वदेश र विदेशबाट एकसाथ सरकारलाई ज्ञापनपत्र बुझाउँदै कांग्रेस

मङ्लबार, असार २, २०७७



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस(कोभिड-१९) का कारण विकराल बन्दै गएको परिस्थितिका बारेमा सरकारलाई दबाबस्वरूप स्वदेश र विदेशबाट एक साथ प्रधानमन्त्रीलाई विशेष ज्ञापन पत्र बुझाउने भएको छ ।

कांग्रेसले आज कोरोना भाइरस रोकथामका लागि सरकारको गैरजिम्मेवारीपन र भ्रष्टाचार रोकथामका लागि दबाब दिन स्वदेश र विदेशबाट एक साथ प्रधानमन्त्रीलाई विशेष ज्ञापन पत्र बुझाउन लागेको हो ।

कोरोना महामारीको सन्दर्भमा सरकारको गैरजिम्मेवारपन, अकर्मण्यता, अक्षमता र भ्रष्टाचार विरुद्धमा स्वदेश र विदेशबाट एकसाथ सामाजिक दूरी कायम गर्दै कोरोनाका कारण विकराल बन्दै गएको परिस्थितिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै विशेष ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

कोरोना महामारीको सन्दर्भमा सरकारको गैरजिम्मेवारपन, अर्कमण्यता, असक्षमता र भ्रष्टाचारविरुद्ध कांग्रेसले सडकदेखि सदनसम्म आक्रमक रुपमा प्रस्तुत् भएर प्रधानमन्त्री केपी ओलीको आगामी कार्यकालको ‘छिनोफानो’ सम्म गर्ने आन्तरिक तयारी गरेको छ । प्रधानमन्त्री ओलीलाई नसुध्रिए कांग्रेसले सरकारविरुद्ध राजनीतिक रुपमा हरेक क्रियाकलपाप गर्न सकिने सन्देश दिन देश र विदेशबाट एक साथ विशेष ज्ञापन पत्र बुझाउन लागेको सहमहामन्त्री डा. प्रकाशशरण महतको भनाइ छ ।

यस्तै कांग्रेसका ७७ वटै जिल्ला कार्यसमितिहरुले प्रमुख जिल्ला अधिकारीमार्फत् र विदेशस्थित नेपाली जनसम्पर्क समितिका तर्फबाट नेपाली दूतावासमार्फत् प्रधानमन्त्री समक्ष विशेष ज्ञापन पत्र बुझाइने भएको छ ।

महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण, महामारीले जनतामा परेको असर समाधानका लागि सरकारले चाल्नुपर्ने कदमलगायतका बारेमा कांग्रेसले यसअघि नै प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाइसकेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments