संविधान संशाेधन प्रस्तावको पक्षमा मतदान गर्न कांग्रेस संसदीय दललाई निर्देशन

शनिबार, जेष्ठ १७, २०७७



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधान संशाेधन विधेयकको प्रस्तावमा मतदान गर्न कांग्रेस संसदीय दललाई निर्देशन दिएकोछ ।

शनिबार बसेको नेपाली कांग्रेस केन्द्रिय समितिको बैठकले उक्त निर्देशन दिएको कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए । शर्माले भने,कालापानी,लिपुलेक र लिम्पियाधुराको भुभाग समावेश गरि नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गर्दछ ।

यो केन्द्रीय समितिमा सुस्पष्ट प्रस्ताव भएको प्रवक्ता शर्माले जनाएका छन । केहि दिन अघि संघीय संसदमा संविधान संसाेधन प्रस्ताव सम्बन्धि बिधेयक कांग्रेसकाे कारण सुचीबाट हटेकाे भन्रे सामाजिक सञ्जालमा अाएकाे टिप्पणी पछि कांग्रेस राष्ट्रियताकाे सवालमा दृढ रहेकाे सन्देश बैठकले दिएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments