अविलम्ब सामाजिक सुरक्षा भत्ता वितरण गर्न काँग्रेस संसदीय दलकाे माग

बिहिबार, जेष्ठ ८, २०७७



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सामाजिक सुरक्षा भत्ता वितरण नगर्ने सरकारको निर्णय प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले प्रेस विज्ञप्ति मार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्तिमा भनिएको छ ।अतिअशक्त , अपाङ्गता भएका व्यक्ति,एवम् ६० वर्ष मुनिका एकल महिलाहरूलाई विगतमा दिँदै आएको सामाजिक सुरक्षा भत्ता हाललाई वितरण नगर्ने सरकारको निर्णय प्रति गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपालको संविधानमा अशक्त, अपाङ्गता भएका व्यक्ति र असहाय नेपाली नागरिकहरूलाई सामाजिक सुरक्षाको हकमा वञ्चित रहनु पर्ने छैन भन्ने प्रावधान अनुसार दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई कानुन र नियम नदिने निर्णय प्रति काँग्रेस संसदीय दलले असन्तुष्टि जनाएको छ । कोरोना महामारीबाट प्रताडित भइरहेको विषम परिस्थितिमा सामाजिक सुरक्षा भत्ता रोकिनु अमानवीय रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै सरकारले गरेका गैर जिम्मेवारी पूर्ण तत्काल खारेजी गरी अविलम्ब सामाजिक सुरक्षा भत्ता वितरण गर्न काँग्रेस संसदीय दलले सरकारसँग माग गरेको छ ।

काँग्रेस संसदीय दलद्वारा जारी विज्ञप्ति

congress

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments