राेल्पामा भएकाे बेवारिसे बम काण्डबारे अनुसन्धान गरि कार्बाही गर्न कांग्रेसकाे माग

शुक्रबार, बैशाख १९, २०७७



काठमाडाैं । नेपाली कांग्रेसले बिहिबार  रोल्पा घटेकाे  घटनाको गहिरो अनुसन्धान,कार्बाही र बेवारिसे बमको खोजी गम्भीर रुपले गर्न माग गरेकाे छ ।

रोल्पाको त्रीवेणी गाउँपालिकामा बम बिस्फोटमा परेर ४ जना  बालबालिकाकाे ज्यान गएकाे थियाे । बेवारिसे बमकाे विस्फाेटमा परी ११ वर्षीय विमला खत्री, ५ वर्षीय विजय खत्री, १३ वर्षीय गौरव नेपाली र १४ वर्षीय नोखीराम डाँगीको मृत्यु भएको घटनाले नेपाली कांग्रेस संगै सिंगो देश मर्माहत भएको प्रेस विज्ञप्ति मार्फत जनाएकाे छ ।

द्वन्द्वको दशकले छाडेका चोटहरु खाटा बस्न एकातर्फ अझै बांकी छ तर अर्कातर्फ यस्तो घटना हुनु अत्यन्तै दुःखद र गम्भीर छ । यसले हिंसाबाट समाधान खोज्न चाहने सबै थरिलाई हृदय देखि गम्भीर र आत्मआलोचित बनाउने अपेक्षा छ ।विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, एक मात्रै पनि निर्दोष नागरिकको मृत्यु सामान्य कुरा होइन । त्यसमा पनि ४ नाबालकको बिस्फोटमा मृत्यु हृदयविदारक छ । नेपाली कांग्रेस यो घटनाको गहिरो अनुसन्धान गर्न सरकार समक्ष माग गर्दछ । जहाँ कहिँपनि होलान् यस्ता बेवारिसे अवस्थाका बमलाई खोज अनुसन्धान गरेर निष्क्रिय पारी नागरिक जीवनलाई सुरक्षित गर्ने कर्तव्यमा गम्भीर बन्न नेपाली कांग्रेस नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छ ।

साथै बिस्फोटमा जीवन गुमाउने कलिला बालबालिका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै   कारुणिक पिडाका घडिमा सम्बन्धित परिवारजनमा नेपाली कांग्रेस हार्दिक समवेदना व्यक्त गरेकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments