कांग्रेस केन्द्रिय कार्य समितिको बैठक बस्दै

बुधबार, बैशाख १७, २०७७



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस कार्य समितिको बैठक बस्दै छ । बैठक बुधबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्न लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकमा लकडाउनको समयमा सरकारले चालेका कदमका बारेमा छलफल हुने जनाइएको छ । साथै यस अघि अध्यादेशका बारेमा छलफल गर्ने पूर्व निर्धारित एजेन्डा सरकारले अध्यादेश फिर्ता लिए सँगै परिवर्तन गरेको कांग्रेसले जनाएकोछ । लकडउनको समयमा दैनिक ज्याला मजदुरी गर्ने र निम्न आर्थिकस्तर भएका समुदायमा परेको प्रभाव, राहतको व्यवस्था, विदेशमा अप्ठ्यारोमा रहेका नेपालीको उद्धारलगायत पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत छलफल हुने बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments