विपक्षी दलसँग सहित कांग्रेसले बोलायो बैठक

बुधबार, बैशाख १०, २०७७



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदनमा प्रतिनिधित्व गर्ने दलहरुसँग परमार्श गर्दै छ ।  गत सोमबार सरकारले ल्याएको राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी अध्यादेशविरूद्ध रणनीति धारणा बनाउन विपक्षीदलहरु सहितको बैठक बोलाएको हो ।

नेपाली कांग्रसका प्रवक्ता विश्व प्रकाश शर्माका अनुसार छलफलका लागि राष्ट्रिय जनता पार्टी राजपा, समाजवादी पार्टी नेपालका शिर्ष नेताहरुलाई बोलाएको बताएका छन ।

विश्व कोरोना महामारी संकटको अवस्थामा नेपालमा पनि प्रतिपक्ष दलहरुले सरकारलाई साथ दिइरहेको भए पनि सरकारले निहित दलिय स्वार्थका कारण विधेक ल्याएको कांग्रेसको आरोप रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments