पौडेल समूहले कांग्रेस प्रशिक्षण कार्यक्रम बहिस्कार गर्ने

बुधबार, फाल्गुन २१, २०७६



काठमाडौं । नेपाली कांग्रेस भित्र संस्थापन पक्ष र इतरपक्षबीचको विवाद चर्किदै गएको छ । कांग्रेस सभापति देउवाले कार्यकाल सकिनै लाग्दा मन लाग्दी रुपमा विभिन्न विभाग प्रमुखहरु नियुक्त गरेको भन्दै पौडेल पक्षले कांग्रेस प्रशिक्षण कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको हो ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भेलाले प्रशिक्षण कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेका हुन् । महाधिवेशनको मिति तोकेको अवस्थामा आचारसंहिता अनुसार पनि प्रशिक्षण गर्न नमिल्ने भएकाले महाधिवेशन प्रभावित पार्न उपसभापतिको भेला आयोजना गरेको पौडेलको निष्कर्ष छ । भेलामा संलग्न काग्रेस नेता बद्रीप्रसाद पाण्डेले पार्टी नै महाधिवेशन केन्द्रीत हुनुपर्ने बेला अन्य कार्यक्रममा सहभागी नहुने निर्णय गरेको बताए ।

कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने मिति कार्यतालिकासहित सार्वजनिक गरिसकेको छ । हरेक कुराको काम गर्ने समय हुन्छ । समय घर्किएसँगै गर्ने काम ठीक हुँदैन,।’ सो अवसरमा नेता प्रकाशमान सिंहले भने, ‘महाधिवेशनको तिथिमिति तोकिसकेको कारण पार्टीभित्र निर्वाचन आचारसंहिता लागू भइसकेको छ । महाधिवेशनलाई प्रत्यक्ष र परोक्ष प्रभावित गर्ने काम पार्टीले गर्न नियमतः मिल्दैन ।’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments