बुङ्दीकाली गाउँपालिका प्रमुख र उपप्रमुखमा काँग्रेसका उम्मेदवार विजयी

मङ्लबार, जेष्ठ २, २०७४



नवलपरासी । नवलपरासीको बुङ्दीकाली गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका दुर्गाबहादुर रानाले तीन हजार १९१ मत ल्याई विजयी भएकाछन् ।
उपप्रमुखमा पनि काँग्रेसकै मायादेवी श्रेष्ठले तीन हजार १७३ मत ल्याई विजयी बनेकि छिन् । अध्यक्षमा रानाले एमालेका निकटतम प्रतिद्वन्द्वी श्यामसुन्दर श्रेष्ठलाई १५२ मतले पराजित गर्नुभएको हो । श्रेष्ठले तीन हजार ३९ मत प्राप्त गरेका थिए। उपप्रमुखमा काँग्रेसकै मायादेवी श्रेष्ठले एमालेका उम्मेदवार डिलकुमारी सारुलाई १६३ मत अन्तरले पराजित गरे ।

सारुले तीन हजार १० मत प्राप्त गरेका थिए । यस गाउँपालिकाको वडा नं १, ३ र ४ मा काँग्रेसको समूहले जितेको छ भने वडा नं २, ५ र ६ एमालेले समूहले जितेको छ । बुङ्दीकाली गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित १७ स्थान नेपाली काँग्र्रेस र १५ स्थान नेकपा (एमाले)ले विजय हासिल गरेको छ ।

गाउँपालिकको प्रमुखमा निर्वाचन जितेका राना हाल नेपाली काँग्रेस नवलपरासी क्षेत्र नं २ का क्षेत्रीय सभापतिसमेत छन् ।

367 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank