काङ्ग्रेसद्वारा राष्ट्रिय सभा अवरुद्ध

मन्त्रीकाे अडियाे प्रकरण

बिहिबार, फाल्गुन ८, २०७६



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ ।  सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएसँगै काँग्रेसले राजीनामा माग गर्दै बैठक अबरुद्ध पारेको हो ।

का‌ग्रेसले मन्त्री बाँस्कोटाले राजीनामा नदिएसम्म प्रतिनिधि सभा र राष्ट्रिय सभा चल्न नदिने चेतावनी दिएको छ । मन्त्री बाँस्कोटाले भने आरोप प्रमाणित गर्न चेतावनी दिएका छन् । बिहीबार कञ्चनपुरको बेलोरीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आरोप लाग्नु ठुलो कुरा नभएको बताउँदै प्रमाणित गर्न चेतावनी दिएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments