कांग्रेसद्वारा सञ्चारमन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न माग

बिहिबार, फाल्गुन ८, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सञ्चार तथा सुचनामन्त्री गोकुल बास्कोटालाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक प्रेस विज्ञप्ती निकाल्दै  सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्न माग गरेको छ । तर स्वयं सञ्चारमन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपश्चात यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।’

प्रेस खरिद अनियमितता पुष्टि भएकाले यसबारे अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन शर्माले प्रधानमन्त्री केपी शर्मालाई आग्रह गरेका छन् । बास्कोटाले सेक्युरिटी प्रेस खरिदका लागि एक एजेन्टसँग अश्लिल संवाद गर्दै कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सरकारको व्यापक आलोचना भएको छ ।  सञ्चारमन्त्री बास्कोटाले अडियो रिपोर्टबारे आज आफ्नो धारणा साार्वजनिक गर्ने जनाएका छन ।

हेर्नहाेस विज्ञप्ती जस्ताकाे त्यस्तै

congress

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments