विवादित विषय समाधान गर्न कांग्रेस शिर्ष नेतृत्वको बैठक जारी

शुक्रबार, माघ १०, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा देखिएको आन्तरिक विवाद अन्त्य गर्नका लागि कांग्रेस शिर्ष नेतृत्वको बैठक बसिरहेको छ ।  कांग्रेस संस्थापन पक्ष र इतरपक्षबीच देखिएको समस्या समाधानका लागि शुक्रबार कांग्रेस सभापति शेर बहादुर देउवा निवासमा बैठक बसिरहेको छ ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्काका साथै प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला सहभागी रहेका छन ।  बैठकमा कांग्रेसको भातृसंगठन नेविसङ्घको गठन, तरुण दलको कार्यकाल बढाउने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments