कांग्रेस संसदीय दलको बैठक बस्दै

मङ्लबार, माघ ७, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।  दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको कांग्रेसले जनाएको छ ।

आजको बैठकले सभामुखमा उमेदवारी दिने कि नदिने भन्ने विषयमा टुंगो लगाउने तयारी छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखमा अग्नि सापकोटालाई उमेदवार बनाउने भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपसभामुखका लागि बार्गेनिङ गरिहेको स्रोत बताउँछ ।

माघ १२ गते हुने सभामुखको मतदानका लागि सत्तारुढ र प्रतिपक्षी दलबीच आन्तरिक छलफल भइरहेको छ । आइतबार बेलुका नै नेकपा अध्यक्ष पुष्पकमल दाहालर कांग्रेस सभापति शेरबहादुर देउवाबीच फोन वार्ता भएको स्रातले जानकारी दिएको छ ।

स्रोतका अनुसार प्रचण्डले फोन गरेर सभापति देउवालाई सघाउन आग्रह गरेका छन् । सत्तारुढ दल नेकपाले सभामुख निर्विरोध गर्न चाहेको छ । सोही नेकपाको योजना अनुरुप अध्यक्ष दाहालले आइतबार नै सभापति देउवालाई फोनमार्फत सभामुखमा सघाउन आग्रह गरेका हुन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments