संसदलाई दलगत अनिर्णयको बन्दी बनाइएको भन्दै कांग्रेसद्वारा आपत्ती

आइतवार, पुस २७, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद्लाई दलगत अनिर्णयको बन्दी बनाएको भन्दै आपत्ति जनाएको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले एक प्रेस विज्ञप्ति जारी गर्दै सत्तारुढ दल नेकपाको आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको बैठक फेरि पनि स्थगित भएको विषय दुखद छ । नेपाली काँग्रेसले यसलाई सरकार र सत्तारुढ नेकपाको सांसदप्रतिको गैह्र जिम्मेवार व्यवहारका रूपमा लिएको छ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भूमिका, गरिमा र महत्त्व हुने भन्दै ३ महिना देखि रिक्त भएको पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाएकोमा सरकारको आलोचना गरेको हो । सत्तारुढ दलभित्रको विवादको छायामा प्रतिनिधिसभालाई लाचार छाया बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सत्तापक्षका कारण महिना दिन देखि सदन अवरुद्ध रहेको स्थितिलाई गम्भीरता पूर्वक लिँदै नेपाली काँग्रेस दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई चेतावनी दिँदै तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारुढ नेकपालाई सचेत गराइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments