काँग्रेस असन्तुष्ट जिल्ला सभापतिकाे बैठक बस्दै

सोमवार, पुस २१, २०७६



काठमाडौं ।  नेपाली काँग्रेसमा असन्तुष्ट जिल्ला सभापतिको भेला आज बस्दैछ ।  काँग्रेसमा इतिरपक्षका सभापतिहरूको भेला सोमबार पार्टी कार्यालय सानेपामा बस्दैछ । सभापति शेरबहादुर देउवाले गरेको निर्णय सच्याउन दबाब दिने उद्देश्यले भेलाको आयोजना गरिएको जनाइएको छ ।

सभापति देउवाले एकलौटी ढङ्गले पेलेर जान खोजेकोले जिल्ला सभापतिहरूसँग छलफल गरेर आगामी रणनीति बनाउने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको तयारी छ ।

पार्टीको १४ औँ महाधिवेशनको मिति एक वर्ष पछि सारेको विषयलाई लिएर संस्थापन पक्ष र इतर पक्षबीच विवाद बढेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधरको बहिस्कारबीच काँग्रेस केन्द्रीय समितिले २०७७ साल फागुनमा गर्ने निर्णय गरेको थियो । जसका कारण काँग्रेसमा विवाद चुलिदै गइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments