बुढीगण्डकी जलविद्युत परियोजना प्रति कांग्रेसको ध्यानाकर्षण

बिहिबार, मंसिर १९, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुढिगण्डकी जलविधुत परियोजना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भविष्यलाई थप अन्यौल तर्फ धकेल्ने गरी मंसिर १६ गते सार्वजनिक गरिएको स्थानीयवासीको जग्गाको मुआब्जा र त्यसप्रति स्थानीयवासीको व्यापक असन्तुष्टी प्रति ध्यानाकर्षण गराएको कांग्रेसले जनाएको हो ।

विहिबार एक प्रेस विज्ञप्ती मार्फत नेपाली कांग्रेसले आरुघाट र खहरे बजार क्षेत्रको जग्गाको मुआब्जा निर्धारण व्यवहारिक र वैज्ञानिक ढंगले नगरिंदा स्थानीय नागरिकमा त्यसले व्यापक रोष उत्पन्न गरेको बताएको छ । उक्त भेगका वासिन्दासँग पर्याप्त छलफल गरी विश्वासमा लिएर मुआब्जा निर्धारण नगरिएको भन्दै आक्रोश व्यक्त गरेको छ ।

मनोगत ढंगले निर्धारित मुआब्जा मूल्यले नागरिकको मनोभावनामा चोट त पु¥याएको भन्दै त्यसका विरुद्ध रोष प्रदर्शन गर्न स्थानीयवासी वाध्य भएका जनाएको छ ।  नेपाली कांग्रेसको नेतृत्वमा रहेको अघिल्लो सरकारले १२०० मेगावाटको यो परियोजना नेपाल देश आफैले निर्माण गर्ने निर्णय डा. स्वर्णीम वाग्लेको संयोजकत्वको अध्ययन कार्यदलको अध्ययनको निष्कर्षका आधारमा गरेको थियो । विज्ञप्तीमा भनिएकाे छ ।

 डिजेल र पेट्रोल खरीद गर्दा प्रतिलिटर ५ रुपैयाँका दरले उपभोक्ता मार्फत बुढीगण्डकीका लागि जारी रकम संकलन पनि अर्बौं पुगिसकेको छ । तर शान्ति, संविधान र निर्वाचनपछिको नेपालमा यो परियोजना निर्माणको विषयले तिब्र गति लिने अपेक्षा विपरीत वर्तमान सरकार गठन भएपछि यो परियोजनाको भविष्य एक पछि अर्को घटनाका साथ अन्यौलमा पर्दै काग्रेसले  आरोप लगाएको छ ।

न्यून मुआब्जा प्रकरण त्यसको पछिल्लो उदाहरण बन्न पुगेको भन्दै विकास परियोजनाहरु संचालन गर्न स्थानीयवासीलाई आवश्यक विश्वासमा लिइनुपर्ने विषय सामान्य ज्ञानको दायरा भित्रकै विषय बताएकाे छ ।  मंसिर १६ मा सार्वजनिक जग्गाको न्यून मुआब्जाले नागरिकलाई विश्वासमा लिनेतर्फ होइन परियोजनाका लागि नागरिकको समर्थनलाई भड्काउने तर्फ लक्षीत भन्दै विराेध जनाएकाे छ । प्रयत्नहरु के बुढी गण्डकीको भविष्यलाई अध्यारो सुरूङ तर्फ धकेल्न उद्यत छन् ? भन्दै प्रश्न गरेकाे छ ।  मंसिर १५ को मुआब्जा निर्धारण तत्काल फिर्ता लिएर स्थानीयवासीसँग पर्याप्त छलफल गरेर न्यायोचित मुआब्जा निर्धारण गरी समाधानमा पुग्न सबै जिम्मेवार पक्षलाई नेपाली कांग्रेस आग्रहले आग्रह गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments