कांग्रेसमा उम्मेदवारी विवाद चुलियो, पौडेल र सिटौलाद्वारा बैठक बहिस्कार

बुधबार, कार्तिक २०, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा उपनिर्वाचनका लागि उम्मेदवार छनौंटमा विवाद चुलिएको छ । बुधबार उपनिर्वाचनका लागि उम्मेदवार छनौंटका लागि बसेको कांग्रेस केन्द्रीय कार्य समितिको बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलाले बहिस्कार गरेका छन ।

पार्टी सभापति शेर बहादुर देउवाले कास्की क्षेत्र नम्बर २ मा संस्थापन पक्षका खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय लिए पछि विवाद भएको हो । बैठकबाट वरिष्ठ नेता पौडेल, सिटौलासँगै महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादव बाहिरिएका हुन् ।पौडेल र सिटौलाले सभापति देउवालले एकलौटी गरेको आरोप लगाउँदै देउवाले छनौट गरेका प्रतिनिधि नस्वीकार्ने भन्दै बैठकबाट बाहिरएको स्रोतले जनाएको छ ।

यस अघि उम्मेदवारी छनौंटको जिम्मा पार्टी स भापति देउवालाई दिने निर्णय गरेको थियो । कास्की क्षेत्र नम्मबर २ मा नेता धनराज गुरुङलाई उम्मेदवार बनोने भनेपछि उनले आफू अनुकल नरहेकाले स्थानिय व्यक्तिलाई उम्मेदवार बनाउन सुझाएका थिए ।

याे पनि पढ्नुहाेस 

कांग्रेस उम्मेदवार छनाैटकाे जिम्मा देउवालाई

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata