कांग्रेस उम्मेदवार छनाैटकाे जिम्मा देउवालाई

बुधबार, कार्तिक २०, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुङ्ग्याउने जिम्मा पार्टी सभापति शेर बहादुर देउवालाई दिएको छ ।

उपनिर्वाचनका लागि उम्मेदवार छनौट गर्न बुधबार विहान बसेको कांग्रेस शिर्ष नेताहरुले उम्मेखवारको टुङ्गो लगाउने जिम्मा सभापति देउवालाई तोकेको हो । कांग्रेसमा उपनिर्वचनका लागि महत्वकांक्षी धेरै जना भएकाले उम्मेदवारीको टुङ्ग्गोलगाउन नसकिएको कांग्रेस नेताहरुले जनाएका छन ।
सभापति देउवाले उम्मेदवारको आजै टुग्गो लगाई नाम सार्वजनिक गर्ने जनाइएको छ ।

यस अघि कास्की क्षेत्र नम्बर २ मा धनराज गुरुङलाई सर्वसम्मत बनाउने सहमति भएको बताइए पनि गुरुङले स्थानीयलाई नै उम्मेदावर बनाउन सुझाएको कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जनाएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata