कांग्रेस पार्टी कार्यालयमा नेविसंघको नाराबाजी, बैठक प्रभावित

शुक्रबार, कार्तिक १५, २०७६



काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले नाराबाजी गरिरहेको छ ।  कांग्रेस केन्द्रिय कार्य समितिको बैठक शुरु हुनु पूर्व नै नेविसंघका नेता कार्यकर्ताले पार्टी कार्यालयमा नाराबाजी गरेका छन ।

1

बैठकमा सहभागी हुन नेताहरु आउने वित्तिकै उनीहरुले नारा बाजी गरेका हुन ।  नेविसंघको विधान २०२७ को सातौं संशोधन २०७५ को भाग २ को धारा ५ को उपधारा ५ मा  ३२ वर्ष पूरा भएको व्यक्तिले नेविसंघको सदस्य हुन नपाउने व्यवस्थाको खातिर पार्टी नेतृत्वले एकलौटी निर्णय गरेको नेविसंघ नेता तथा त्रिबिबि सचिव  योगेन्द्र रावलले नेपालपाटीलाई जानकारी दिए । उनले पार्टी नेतृत्वले  विधान विपरित विश्वविद्यालय क्याम्पसमा पढ्दै गरेका अपमान गरि तदर्थ समिति ल्याउने कुरा मान्य नुहने भन्दै आन्दोलनमा उत्रिनु परेको जिकिर गरे । विद्यार्थीकाे उमेर ३२ वर्ष नै कायम गरिनु पर्ने उनीहरुले माग गरेका छन ।

विधि विधान विपरितका कुनै पनि निर्णय नेविसंघले स्वीकार नगर्ने जनाइएको छ । नाराबाजी जारी रहेकाे कारण बैठक बस्न सकिरहेकाे छैन ।

b

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata