कांग्रेसले तीनवटा प्रदेशमा प्रशिक्षण कार्यक्रम गर्ने

सोमवार, साउन २७, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले तीनवटा प्रदेशमा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले साउन ३१ देखि भदौ ६ सम्म पहिलो चरणमा तीन प्रदेशमा महाधिवेशन प्रतिनिधिहरुका लागि प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।

साउन ३१ र ३२ गते गण्डकी प्रदेशको पोखरामा , भदौ २ र ३ गते रुपन्देहीको भैरहवामा प्रदेश ५ नंं स्तरीय र भदौ ५ र ६ गते सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय प्रशिक्षण संचालन गर्ने कांग्रेसले जनाएको छ ।

प्रशिक्षण कार्यक्रममा कम्युनिष्ट पार्टीको सरकारको मूल्यांकन तथा जनतासंग संपर्क र संवाद जस्ता विषयहरु राखिएको कांग्रेस नेता मुक्ति आचार्यले जनाएका छन् ।

प्रशिक्षणको मूल लक्ष्य नेपाली कांग्रेसका सदस्यहरुलाई जनतासंग कसरी आत्मीय सम्पर्क राख्न सकिन्छ भन्ने रहेको जनाइएको छ । कार्यक्रम प्रमुख अथिती सभापति शेरवहादुर देउवा उद्घाटन गर्ने र वरिष्ठ नेता रामचन्द्र पौडेल सहित केन्द्रीय पदाधिकारी प्रशिक्षण गर्ने जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata