कांग्रेसले सार्वजनिक गर्यो अभिलेखबाट हटाउने व्यक्तिहरुको नामावली

सोमवार, साउन ६, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निवार्चनका क्रममा पार्टी विपरित काम गर्नेलाई अभिलेखबाट हटाएको भन्दै नामावली सार्वजनिक गरेको छ ।

नेपाली कांग्रेसको २०७४ सालमा स्थानीय,प्रदेश र संघीय संसदको निर्वाचनका क्रममा पार्टीको आधिकारीक उम्मेदवार विरुद्ध बागी उम्मेदार बनेका र नीजका समर्थक तथा प्रस्तावकहरुको नाम अभिलेखबाट हटाउने निर्णय सार्वजनिक गरेको हो । निर्वाचनका क्रममा बागी उम्मेदवार, प्रस्तावक,समर्थक र अन्य पार्टीमा गएका नेता तथा कार्यकर्तालाई अभिलेखबाट हटाउनेहरुको नामावली सार्वजनिक गरिएकाे नेपाली काग्रेसकाे प्रेस विज्ञप्तीमा जनाइएकाे छ।

गत असार ६ गते नेपाली केन्द्रिय अनुसाशन समितिको बैठकले कांग्रेसको विधान २०१७ संशोधन सहितको धारा ३४ को उपधारा ४ क बमोजिम कार्बाही परेकाहरुको नामावली सार्वजनिक गरेको हो ।

केन्द्रिय अनुशासन समितिले हाल सम्म बागी उम्मेदवार,प्रस्तावक र समर्थकहरुको नामावली नपठाएका जिल्लालाई तत्काल नामावली पठाउन समेत निर्देशन गरेको छ ।
कोको परे कार्बाहीमा हेर्नुहोस सूचीसहित

Press Realise- 1

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata