कांग्रेसले सात प्रदेशका १२ स्थानमा कार्यकर्ता प्रशिक्षण गर्ने

आइतवार, साउन ५, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सातवटै प्रदेश कार्यकर्ता प्रशिक्षण गर्ने भएको छ । कांग्रेसले सात प्रदेशका विभिन्न १२ स्थानमा साउन महिनामा महाधिबेशन लक्षित गर्दै प्रशिक्षण कार्यक्रम गर्ने भएको हो ।

आइतबार कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षमा बसको बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै डा. जगदीश चन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समितिको गठन गरिएको छ । उक्त समितिको सदस्यहरुमा डा. आरजु राणा देउवा, हरिहर विरही, राजु नेपाल र प्रसिस महरा सदस्य रहेका छन ।

बैठकले तारानाथ दाहालको संयोजकत्वमा निर्देशिका निर्माण समिति गठन गरिएको छ । खिलानाथ दाहालको संयोजकत्वमा स्रोत व्यवस्थापन समिति गठन गरिएको छ

बैठकले नेपाली कांग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुको राष्ट्रिय प्रशिक्षण कार्यक्रम काठमाडौँमा गर्ने निर्णय गरिएको प्रशिक्षण प्रतिष्ठानका सचिव मुक्ति आचार्यले जनाएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata