काँग्रेसले भन्यो- लोकसेवा विज्ञापन रद्ध गर तर करारमा भर्ना नगर

बिहिबार, जेष्ठ ३०, २०७६



काठमाडौं । नेपाली कांग्रेसले लोकसेवा आयोगको विज्ञापन रद्ध गर्नु पर्नेमा जोड दिएको छ । नेपाली कांग्रेसले विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आधिकारीक धारणा सार्वजनिक गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने,संसदको राज्य व्यवस्था समितिले लोकसेवाको विज्ञापन  रद्द गर्न दिएको निर्देशनमा हाम्रो साथ छ । उनले करारमा कर्मचारी नियुक्ति गर्न नहुने पक्षमा कांग्रेस रहेको बताए ।

संविधानको व्यवस्था अनुसार लोकसेवाले कर्मचारी भर्ना प्रक्रिया पुनः अगाडि बढाउनु पर्नेमा कांग्रेसको जोड दिए । कांग्रेसले संविधानको व्यवस्थाअनुसार कर्मचारी भर्ना प्रक्रिया प्रतिपर्धामा गराउनु पर्नेमा जोड दिएको छ ।

कांग्रेस जागरण अभियानको बारेमा जानकारी दिने उद्धेश्यले आयोजित पत्रकारसम्मेलनमा प्रवक्ता शर्माले भने, ‘जिल्ला, क्षेत्र, गाउँनगर र वडास्तरमा गरेर दुई हजार कार्यक्रम भएका छन् । ३१ हजार ६४२ जना कांग्रेस पार्टीमा प्रवेश गर्नु भएको छ ।’

कांग्रेसले पहिलो चरणको जागरण अभियान सम्मपन्न भएको जानकारी दिदैं असारको दोस्रो साता भित्र प्रतिवेदन बुझाइसक्नु पर्ने जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank