बजेट जनचाहाना प्रतिकुल रहेको कांग्रेसको निश्कर्ष

बिहिबार, जेष्ठ १६, २०७६



काठमाडौं । नेपाली कांग्रेस सरकारले बुधबार प्रस्तुत गरेको बजेटका बारेमा असन्तुष्टि जनाएको छ ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसले आर्थिक वर्ष २०७६/ ०७७ को बजेट जन चाहाना विपरित भएको आरोप लगाएको छ । कांग्रेस संसदीय दलको बिहिबार सिंहदरबारमा बसेको बैठकले जनताको चाहना विपरित बजेट आएको निष्कर्ष निकालेको हो ।

नेपाली कांग्रेसका सांसद तथा प्रमुख सचेतक बालकृष्ण खाँणले उत्पादन वृद्धि गर्ने भन्दा पनि जनतालाई थप ऋणको भार थोपर्ने गरी बजेट आएको बताए । संञ्चारकर्मी सँग कुरा गर्दै प्रमुख सचेतक खाँडले सांसदहरुका लागि विनियोजन गरिएको ६ करोड बजेट दुरुपयोग गरे तत्काल विरोध गर्ने जनाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank