पाइप लाइनमा रहेका तीन विधेयक विरुद्ध कांग्रेसले सडक र सदन चर्काउने

बुधबार, जेष्ठ १, २०७६



काठमाडौं । सरकारले संविधानको प्रावधान विरुद्ध संसदमा पेश गरेका विवादित विधेयकहरु फिर्ता लिन  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई आव्हान गरेको छ ।

संसदीय दलको बैठक बस्दै कांग्रेसले संसदमा दर्ता भएका तीन विधेयक फिर्ता नलिए सरकार  विरुद्ध सडक र सदन चर्काउने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको सचेतक खाँडका अनुसार सरकारले सदनमा लगेको राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार, मिडिया काउन्सिल र मानवअधिकार सम्बन्धी विधेयक संविधानको मर्म र भावना विपरीत छ ।  उक्त विधेयक फिर्ता लिन कांग्रेस सरकारसँग आग्रह गर्दछ । हैन भने सडक र संदनबाट विरोध गर्न काँग्रेस बाध्य हुनेछ ।

सदनमा पेश भएका तीनवटै विधेयकले मानवअधिकारलाई कमजोर बनाउने,   विचार अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने खालका भएकाले फिर्ता लिन आग्रह गरेको सचेतक खाँडले जनाए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank