कांग्रेसले वैशाख ११ बाट जागरण अभियान गर्ने

मङ्लबार, बैशाख ३, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वैशाख ११ बाट राष्ट्रिय जागरण अभियान शुरु गर्ने भएको छ । वर्तमान सरकारले संघीयताको मर्मअनुसार काम नगरेको भन्दै उपसभापति विमलेन्द्र निधिले यसलाई बुझाउन जागरण अभियान शुरु गर्न लागेका हुन् ।

यो कार्यक्रम एक महिना सम्म चल्ने भएको छ । पहिलो चरणमा देश भरका ७७ वटै जिल्लामा कार्यक्रम हुने उपसभापति निधीले जनाएका छन् ।

दोस्रो चरणका कार्यक्रम भदौ २३ देखि असोज ७ सम्म ३३० निर्वाचन क्षेत्रमा हुनेछ भने तेस्रो चरणको कार्यक्रम पुस ७ देखि १४ सम्म सबै पालिकामा हुने कांग्रेसले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank