नेविसंघको विवाद टुङ्याउन काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

सोमवार, माघ २८, २०७५



काठमाडौं । नेपाल विद्यार्थी संगठनको विवाद टुङ्याउन  काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । नेविसंघमा उमेर हदको कारण विवाद चुलिएपछि विवाद समाधान गर्न काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हाे ।

बैठक सोमबार विहान ११ बजे देखि काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्दै छ । नेविससंघमा उमेर हदकाे  कारण विवाद हुन थाले पछि संस्थापन पक्ष र पौडेल पक्ष आआफ्नो रणनीति बनाउन जुटिरहेका थिए । जसको कारण नेविसंघको विवाद थप उत्सर्गमा पुग्दा दुबै पक्ष विवाद समाधान गर्न राजी भएका हुन् ।   उमेर हद ३२ बर्ष बनाउने कुरामा सहमती भए सँगै बैठकले वर्तमान कार्यसमिति भंग गर्दै तदर्थ समिति बनाउन लागेको काँग्रेस जनाएको छ ।

बैठकमा पार्टीको थप रणनीति र कार्यनीतिका बारेमा समेत छलफल हुने काँग्रेसले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank